नेपाल अन्तर्राष्ट्रिय जगतकै निम्ति ‘खेलको हब’ हुनसक्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडाैं | चैत १८, २०७९

नेपाल अन्तर्राष्ट्रिय जगतकै निम्ति ‘खेलको हब’ हुनसक्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले नीतिगत रुपले स्पष्टता ल्याउँदा नेपाल अन्तराष्ट्रिय जगतकै निम्ति‘खेलको हब’हुनसक्ने ठाउँ भएको बताएका छन्।

 

 राखेपले आयोजना गरेको खेलकुद पूर्वाधार नीति संवादलाई सम्बोधन गर्दै उनले नेपालको भौगोलिक परिवेशले पनि अन्तर्राष्ट्रियस्तरमा नेपाल खेलको हब हुनसक्ने बताएका हुन्। 

 

उनले भने, ‘हिमालमा खेलिने खेलदेखि पहाड/तराई सबैतिर संरचना निर्माण गर्न सक्ने हो र भौतिक पूर्वाधार हुने हो भने यो संसारकै निम्ति एउटा उत्कृष्ट अन्तर्राष्ट्रिय खेलको हब हुनसक्ने ठाउँ हो।’ 

 

उनले आर्थिक, सामाजिक, राजनीतिक, कुटनीतिक हरेक दृष्टिकोणले पनि अन्तर्राष्ट्रिय रुपमा खेल क्षेत्र महत्वपूर्ण रहेको बताए।

 

खेलकुद क्षेत्रलाई संस्थागतरुपमा अगाडि बढाउन आफ्नो उच्च प्राथमिकता रहेको उनले बताए। उनले खेलकुद क्षेत्रको महत्व गुणात्मक रुपमा अगाडि बढाउने समय रहेको धारणा राखे। 

 

राखेप सदस्य सचिव टंकलाल घिसिङले बजेट बढाएर कम्तिमा २ प्रतिशतको कुरा उठाएको जानकारी दिँदै प्रचण्डले आगामी बजेटमा पुनर्विचार गर्ने बताए।उनले भने, ‘बजेटका सीमाहरु रहेका छन्। तर खेल क्षेत्रलाई आफ्नो कार्यकालमा प्राथमिकता दिन्छु।’

पोखरा:   मधेशी आयोगले सातौं वार्षिक प्रतिवेदन गण्डकी प्रदेश प्रमुखसमक्ष पेस गरेको छ ।   प्रदेश प्रमुखको कार्यालयमा आइतबार आयोजित कार्यक्रममा आयोगकी सदस्य आभासेतु सिंहले वार्षिक प्रतिवेदन प्रद...

थप पढ्नुहोस्

काठमाडौं:  सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा गुणाकर भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले आयोगको उपाध्यक्षमा डा ...

थप पढ्नुहोस्

पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ स्थित पर्यटकीय गाउँ ल्वाङ्गमा बुधबारदेखि ३२ औं ऐतिहासिक चैते दशैं मेला सुरु हुँदै छ । ग्रीन हिल क्लबको आयोजनामा हुने यस मेला चैत २७ गतेसम्म चल्ने क्लबका अध्यक्ष सुज...

थप पढ्नुहोस्